पोखरा । पोखरा रंगशालाको हातमा दिवंगत प्याराग्लाइडिङ खेलाडी निशिम थापाको शालिक निर्माण गरिने भएको छ।
राखेपको बोर्ड बैठकले पोखरा रंगशाला परिसरमा थापाको अर्धकदको शालिक बनाउने निर्णय गरेको हो ।
यस्तै थापाको परिवारलाई सहयोगका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर निशिमको निधन भएको थियो ।
थापाको सोमबार रामघाटमा परम्परागत तरिकाले अन्तिम दाहसंस्कार गरिएको हो ।
त्रिभुवन आर्मी क्लबबाट क्रस कन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका थापाको आइतबार दुर्घटनामा परि मृत्यु भएको थियो ।
गोरखा घर भएका २६ वर्षीय थापा १०० मिटर माथिबाट जमिनमा खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।