पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा मंगलबार दुई राष्ट्रिय किर्तिमान कायम भएका छन् ।
पुरुष २ सय मिटर बटरफ्लाई हिट राउण्ड र ५० मिटर फ्रिस्टायलको हिट राउण्डमा कीर्तिमान कायम भएका हुन् ।
५० मिटर फ्रिस्टायलमा आर्मीका अलेक्जेडर शाहले आफ्नै कीर्तिमानमा सुधार गरेका छन् । उनको नाममा रहेको २३.९० सेकेण्डको समयलाई सुधार गरेर २३.५७ सेकेण्डमा झारेका छन् ।
त्यसैगरी पुरुष २ सय मिटर बटरफ्लाइमा नथनर्दोजे शेर्पाको नाममा रहेको २ मिनेट १८.१० सेकेण्डको कीर्तिमानलाई एनआरएनका आर्षिश सापकोटाले २ मिनेट १६.४३ सेकेण्डमा दुरी सक्दै नयाँ कीर्तिमान बनाएका हुन् ।