शनिबार, २६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

नेपाल शेख रसेल कप चेसको सुपर लिग चरणमा

सोमबार, ३१ आश्विन २०७९खेलपाटी संवाददाता
नेपाल शेख रसेल कप चेसको सुपर लिग चरणमा
mustang rice ad

काठमाडौं । नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिग चरणमा प्रवेश गर्न सफल भएको छ ।

दक्षिण एसियाका ६ राष्ट्रको सहभागीता रहेको राउण्ड रोविन च्याम्पियनशीपमा पाँच खेलमध्ये दुईमा मात्र जित हात पारेको नेपाल गेम प्वाईन्टका आधारमा पाकिस्तानलाई पछि पार्दै सुपर लिगमा प्रवेश गरेको हो ।

बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत सोमबार सम्पन्न पाँचौ राउण्डको खेलमा नेपालले आयोजक बंगलादेशसँग ४–० को हार व्यहोरेको थियो । अर्को खेलमा श्रीलंकाले पाकिस्तानमाथि ३.५–०.५ को नतिजा निकालेपछि नेपालको सुपर लिग यात्रा सम्भव भएको छ ।

सबै खेल जितेको बंगलादेश १० म्याच प्वाईन्ट बनाउँदै शिर्ष स्थानमा रहेर सुपर लिगमा प्रवेश पायो भने चार खेलबाट ८ म्याच प्वाईन्ट बनाएको श्रीलंका दोश्रो स्थानमा रहन सफल भयो । दुई खेल जितेर समान चारचार म्याच प्वाईन्ट बनाएपनि गेम प्वाईन्टका आधारमा नेपाल तेश्रो, पाकिस्तान चौथो तथा माल्दिभ्स पाचौं स्थानमा रहे ।

लिग चरणको अन्तिम खेलमा नेपालका फिडेमास्टर रिजेन्द्र राजभण्डारी बंगलादेशका ग्रान्डमास्टर ईनामुल हुसेनसँग पराजित भए । त्यसैगरी अर्का फिडेमास्टर बिलमलाल श्रेष्ठलाई ग्रान्डमास्टर जिउर रहमानले हार चखाए । सिंगेश्वर दास तथा राजेन्द्र बज्राचार्य क्रमशः ईन्टरनेशनलमास्टरद्धय मोहमद फहाद रहमान तथा मोहमद मिन्हाज उदीनसँग पराजित हुन पुगे । च्याम्पियनशीपमा भुटानले कुनै पनि खेल जित्न सकेन ।

च्याम्पियनशीपमा सुपर लिगका खेल मंगलबारबाट शुरु हुनेछन् । मंगलबार आयोजक बंगलादेशले श्रीलंकाको सामना गर्नेछ । त्यसैगरी नेपालले बुधबार श्रीलंका र बिहिबार बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ । च्याम्पियनशीपमा सुपर लिगको विजेताले ४ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यसैगरी उपविजेताले ३ हजार अमेरिकी डलर तथा तेश्रो हुनेले २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । समग्रमा चौथो स्थानमा रहन सफल पाकिस्तानले १ हजार अमेरिकी डलर नगद हात पारेको छ ।

LiNing Ad
#नेपाल शेख रसेल कप #चेसको सुपर लिग चरणमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

आइतबारदेखि  ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

आइतबारदेखि ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

Bajaj Pulsar Motorcycle Ad
चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

आइतबारदेखि  ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

आइतबारदेखि ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

खेलकुदमन्त्री  गुप्ता अमेरिका भ्रमणमा नजाने

खेलकुदमन्त्री गुप्ता अमेरिका भ्रमणमा नजाने

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि