काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा सोमबार ७ राष्ट्रिय कीर्तिमान बनेको छ ।
पोखराको फिस्टेल एकेडेमीमा सोमबार त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले दुई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
नासिरले ४ सय मिटर फ्री स्टाइलमा ४ मिनेट ०८.६४ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । उनले आफ्नै नामको ४ मिनेट ३३.०५ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।
यस स्पर्धामा एनआरएनएका आशिष सापकोटाले ४ मिनेट २२.४५ सेकेन्डको समय निकाल्दै रजत पदक जिते । कास्य पदक जितेका बागमतीका इर्भिन श्रेष्ठले ४ मिनेट २५.७४ सेकेन्डको समय निकाले ।
नासिरले १ सय मिटर बटरफ्लाईमा समेत राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । उनले ५७.८६ सेकेन्डको समय निकाले । उनले अनुभब सुब्बाको नाममा रहेको ५९.७७ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।
एनआरएनएका आशिष सापकोटाले ५९.६८ सेकेन्डसहित रजत र आर्मीका अनुभव सुब्बा ५९.७३ सेकेन्डसहित कास्य पदक जिते ।
महिला १ सय मिटर बटरफ्लाईमा एनआरएनएकी एस्ली सापकोटा डंगोलले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पारिन् ।
एस्लीले १ मिनेट ०७.७४ सेकेन्डमा दुरी पूरा गरिन् । एस्लीले गौरिका सिंहको नाममा रहेको १ मिनेट०९.९७ सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।
पुलिसकी मेगान गुरुङ १ मिनेट १४.२४ सेकेन्डसहित रजत र बागमतीकी रोशा न्यौपानेले १ मिनेट १८.७४ सेकेन्डसहित कास्य हात पारेकी छिन् ।
पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा एनआरएनएका आशिष सापकोटाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते ।
आशिषले २ मिनेट २९.६० सेकेन्डको समय निकाले । उनले सुभम श्रेष्ठले बनाएको २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।
प्रदेश एकका विकास कुमालले २ मिनेट ३०.७६ सेकेन्डसहित रजत र बागमतीका सेरेन सिंहले २ मिनेट ३६.७४ सेकेन्डसहित कास्य हात पारे ।
महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुवाना लामाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् ।
डुवानाले २ मिनेट ४३.२३ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको २ मिनेट ४४.२८ को कीर्तिमान भंग गरेकी हुन् ।
यस स्पर्धामा आर्मीकी उपास्ति महर्जनले २ मिनेट ५६.९७ सेकेन्डको समय निकाल्दै रजत र पुलिसकी एदिप्सा बैद्यले ३ मिनेट ००.०३ सेकेन्डसहित कास्य जितिन् ।
पुरुष ५० मिटर ब्याक स्ट्रोकमा आर्मीका एलेक्स एलेक्जेन्डर शाह (एलेक्स) ले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते ।
एलेक्सले २७.४६ सेकेन्डको समय निकाल्दै आफ्नै नामको २७.५४ को कीर्तिमान सुधार गरेका हुन् ।
एपीएफका तेन्जिङ गुरुङ २९.६१ सेकेन्डसहित रजत र आर्मीका अनुभव सुब्बाले ३०.१७ सेकेन्डसहित कास्य हात पारे ।
महिला ५० मिटर ब्याक स्ट्रोकमा गौरिका सिंहले स्वर्ण पदक जितिन् । गौरिकाले ३०.८० सेकेन्डको समय निकालिन ।
एनआरएनएकी एस्ली सापकोटा डंगोलले ३१.११ सेकेन्डसहित रजत र बागमतीकी रोशा न्यौपानेले ३४.६१ सेकेन्डसहित कास्य जितिन् ।
पुरुष ४ सय मिटरमा फ्रीस्टाइल रिलेमा आर्मीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेको छ ।
अनुभव, नासिर, दिलिप थापा मगर र एलेक्स रहेको आर्मीले ३ मिनेट ४५.५१ सेकेन्डको समय निकाले ।
यस अघि पुलिसको नाममा ३ मिनेट ४६.८३ सेकेन्डको कीर्तिमान थियो ।
यस स्पर्धामा पुलिसले ३ मिनेट ४६.३७ सेकेन्डसहित रजत र एपीएफले ३ मिनेट ५३.२५ सेकेन्डसहित कास्य जितेको छ ।
महिला ८ सय मिटर फ्री स्टाइल रिलेमा डुवाना लामा, उपास्ति महर्जन र अनुसिया तन्डुकार सम्मलित आर्मीले २ मिनेट २७.७३ सेकेन्डको समय सहित स्वर्ण पदक जितेको छ ।
पुलिसले १० मिनेट०१.३० सेकेन्डसहित रजत र बागमतीले १० मिनेट०९.५७ सेकेन्डसहित कास्य पदक जितेको छ ।