काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलाई १-० गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा नेयमारले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।
यस्तै खेलको ७२ औं मिनेटमा जिगोटले रातो कार्ड पाएपछि मार्से १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै पीएसजीले ११ खेलमा २९ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा रहेको छ ।
मार्से २३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।