काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २-० गोल अन्तरले हराएको हो ।
चेल्सीको जितमा मासन माउन्टले दुई गोल गरे ।
खेलको छैटौं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा माउन्टले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
जितसँगै चेल्सीले ९ खेलमा १९ अंक जोडेको छ ।
चेल्सी चौंथो स्थानमा रहेको छ ।
एस्टन ९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।