बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

सदाबहार सन्तोषी

शनिबार, २९ आश्विन २०७९खेलपाटी संवाददाता
सदाबहार सन्तोषी

नवौं राष्ट्रिय खेलकुदको १० हजार मिटरमा स्वर्ण जितकी सन्तोषी श्रेष्ठ । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । शनिबार पोखरा रंगशालाको ट्रयाक सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा स्वर्ण जितिन् । चोटबाट गुज्रिरहेकी सन्तोषीलाई मध्यम दुरीको यस स्पर्धामा स्वर्णका लागि खासै चुनौती सामना गर्न परेन । थोरै चुनौती राजपुरा पछाईले दिईन् । तर अन्तिम ल्याबमा सन्तोषीले राजपुरालाई निकै पछि छाड्नि । अर्की प्रतिस्पर्धी पुष्पा भण्डारी यसपटक सन्तोषीको नजिक पनि आउन सकिनन् । 

नेपालको ट्रयाक एण्ड फिल्डको प्रर्दशन र नतिजा धेरै हदसम्म विभागीय टिममा निर्भर छ । विभागीय टिमलेनै यसलाई बचाएर राखेका छन् । सम्बन्धित संघको गतिविधि शुन्यप्राय रहेको अवस्थामा जति खेलाडी टिकेका छन्, ती विभागले टिकाएका छन् । अझ पब्लिक खेलाडी एथलेटिक्सको शीर्ष स्थानमा रहन असम्भव प्राय देखिन्छ । तर सन्तोषी अपवाद पात्र हुन् ।  

‘रेकर्ड राख्नका लागि कुदेकै थिईन । राष्ट्रिय कीर्तिमान बनाउन सक्ने अवस्था थियो । थोरै जोड गरेको भए हुन्थ्यो पनि । तर खुट्टाले कुनैपनि बेला दुख दिन सक्ने अवस्था थियो ।’ बागमती प्रदेशका लागि एथलेटिक्सबाट पहिलो स्वर्ण जितेकी सन्तोषीले भनिन्, ‘लामो अभ्यास थिएन । अरुको पेस भन्द आफ्नो अवस्था जाँच गर्दै कुँदेको थिए ।’  

सन्तोषीले पछिल्लो पटक १३ औं दक्षिण एसियाली खेलकुद सागमा १० हजार मिटरमा दौडिएकी थिईन् । सागकी स्वर्ण पदक विजेता खेलाडी पहिलो पटक सोही स्पर्धामा पोखरा रंगशालामा उत्रिएकी थिईन् । यसबीचमा घरेलु एथलेटिक्समा १० हजार मिटरको कुनै प्रतियोगिता पनि भएन । त्यसका लागि खेलाडीले राष्ट्रिय प्रतियोगितानै कुर्न पर्यो । 

चोटका कारण सन्तोषीले एथलेटिक्स करियर संघर्षमय छ । तर चाहिएको समय उनीबाट स्वर्ण निस्किरहेको भने छ । नेपालमा हुने अधिकांश मध्यम दुरीका दौडमा उनको दबदबा छ । 

‘प्रशिक्षक, अभिभावकले सक्छौ भनेर प्रेरणा दिईराख्नुभएको थियो । स्वभाव इनोसेन्ट भएपनि ट्रयाकमा उत्रिएपछि फरक देखिन्छु । पब्लिक खेलाडी भएर सबै कुरा म्यानेज गरेर कुँदिरहेको छु ।’ उनले भनिन् । 

सन्तोषीका अनुसार काठमाडौंमा भएको प्रोटिन म्याराथन बाहेक अधिकाश प्रतियोगितामा उनको सहभागीता चोटकै बिच गुज्रिएका छन् । त्यो साग खेलकुद होस् वा अन्य ठुला खेल स्पर्धा । तर जहाँ सन्तोषी उत्रिएकी छिन्, आफुलाई अब्बल सावित गरेकी छिन् । उनी अहिले नेपाली एथलेटिक्सको मध्यम दुरीको स्पर्धाकी ट्रयाक ‘क्विन’ हुन् । 

‘मेडल मात्र लक्ष्य थियो । त्यो पुरा भएको छ । अब ५ हजार मिटर दौडमा राम्रो गर्छु । आफ्नो रेकर्ड सुधार गर्छु ।’ उनले भनिन् । 
 

Loading ad...
LiNing Ad
#सदाबहार सन्तोषी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने