मुसिआलालाई कोभिड संक्रमण
सोमबार, २४ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखका अट्याकीङ मिडफिल्डर जमल मुसिआलालाई कोभिड-१९ को संक्रमण देखिएको छ ।
बायर्नले सोमबार मुसिआलालाई कोभिडको संक्रमण देखिएको जनाएको छ ।
कोभिडको संक्रमण देखिएपछि उनी सेल्फ आईसोलेसनमा रहेको बायर्नले जनाएको छ ।
१९ वर्षीय युवा खेलाडीले यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
यस सिजन उनले ८ लिग खेलमा ५ गोल गरिसकेका छन् ।
मुसिआलालाई कोभिड संक्रमण













