सुनमाया एसियाको शीर्ष वरीयतामा
सोमबार, २४ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालकी अल्ट्रा धाविका सुनमाया बुढाले अन्तराष्ट्रिय ट्रेल रनिङ एसोसियसनको वरीयतामा शीर्ष स्थान हासिल गरेकी छिन् ।
सुनमायाले एसियातर्फको महिला वरीयतामा शीर्ष स्थान हासिल गरेकी हुन् ।
एसोसियसनले सार्वजनिक गरेको वरीयतामा चिनियाँ र जापानी खेलाडीलाई पछि पार्दै सुनमाया शीर्ष स्थानमा रहेकी हुन् ।
चीनकी फुजाओ सीयाङ र जापानकी युरी योसिजुमी तेस्रो स्थानमा छिन् ।
सुनमायाले गत भदौमा फ्रान्समा भएको यूटीएमबी सय किलोमिटर रेसमा दोस्रो स्थान हासिल गरेकी थिइन् ।
सुनमायाले द नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धा गरेकी थिइन् ।

सुनमाया शीर्ष वरीयतामा













-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)

