काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले रिम्ससँग गोलरहित बराबरी खेलेको हो ।
लियोनल मेस्सीबिना मैदान उत्रिएको पीएसजीले पाएको मौकामा गोल गर्न नसक्दा बराबरी खेलेको हो ।
यस्तै खेलको ४१ औं मिनेटमा सर्जियो रामोसले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो ।
रामोसले करियरमा २८ औं पटक रेड कार्ड पाएका हुन् ।

यस बराबरीसँगै पीएसजीले १० खेलमा २६ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।
रिम्स ८ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।