केनको निर्णायक गोल
आइतबार, असोज २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले ब्राइटनलाई हराएको छ ।
शनिबार भएको खेलमा टोटेनहमले ब्राइटनलाई १-० गोल अन्तरले हराएको हो ।
टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।
खेलको २२ औं मिनेटमा सन ह्युङ मिनको पासमा केनले गोल गरेका हुन् ।
जितसँगै टोटेनहमले ९ खेलमा २० अंक जोडेको छ ।
टोटेनहम तेस्रो स्थानमा उक्लिएको छ ।
ब्राइटन १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
केनको निर्णायक गोल








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)