काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले युभेन्ट्सलाई हराएको छ ।
शनिबार राति भएको खेलमा मिलानले युभेन्ट्सलाई २-० गोल अन्तरले हराएको हो ।
पहिलो हाफको इन्जुरी समयमा फिकायो टोमोरीले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको ५४ औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
जितसँगै मिलानले ९ खेलमा २० अंक जोडेको छ । मिलान तेस्रो स्थानमा रहेको छ ।
युभेन्ट्स १३ अंक जोडेर स्थानमा रहेको छ ।
अर्को खेलमा इन्टर मिलानले सासोउलोलाई २-१ ले हराएको छ ।