काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले बोरुसिया डर्टमण्डसँग बराबरी खेलेको छ ।
शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बायर्नले डर्टमण्डसँग २-२ गोलको बराबरी खेलेको हो ।
१० खेलाडीमा समेटिएको बायर्नले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिनु परेको हो ।
खेलको ३३ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५३ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई २-० गोलको अग्रता दिलाए ।
तर, खेलको ७४ औं मिनेटमा युसुफ मौकोकोले गोल गर्दै डर्टमण्डलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ९० औं मिनेटमा किन्सले कोम्यानले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको इन्जुरी समयमा एन्थोनी मोडेस्टेले गोल गर्दै डर्टमण्डलाई २-२ को बराबरीमा ल्याए ।
यस बराबरीसँगै बायर्नले ९ खेलमा १६ अंक जोडेको छ । बायर्न तेस्रो स्थानमा रहेको छ ।
डर्टमण्ड १६ अंक जोडेर नै चौंथो स्थानमा रहेको छ ।