काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले गेटाफेलाई १-० गोल अन्तरले हराएको हो ।
रियलको जितमा इडर मिलिटाओले निर्णायक गोल गरे ।
खेलको तेस्रो मिनेटमा लुका मोड्रिचको कर्नरमा उनले हेडरमार्फत गोल गरेका हुन् ।
यस जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ ।
रियलले ८ खेलमा २२ अंक जोडेको छ ।
गेटाफे ७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।