चेल्सीको सहज जित
शनिबार, असोज २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले उल्भ्सलाई ३-० गोल अन्तरले हराएको हो ।
पहिलो हाफको इन्जुरी समयमा काइ हार्भट्जले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५४ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै चेल्सीलाई ३-० गोलको जित दिलाए ।
जितसँगै चेल्सी चौंथो स्थानमा उक्लिएको छ ।
चेल्सीले ८ खेलमा १६ अंक जोडेको छ ।
उल्भ्स ६ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
अर्को खेलमा न्युकासलले ब्रेन्टफोर्डलाई ५-१ ले हराएको छ ।
बर्नेमाउथले लेस्टर सिटीलाई २-१ ले हराएको छ ।
चेल्सीको सहज जित








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)