काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा जोआ कान्सेलोले २० औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता २-० को बनाए ।

४९ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई ४-० को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले ९ खेलमा २३ अंक जोडेको छ ।
साउथह्याम्पटन ७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।