काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार पाँच खेलहरु हुँदैछन् ।
प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी, चेल्सी, टोटेनहम, लेस्टर सिटी लगायतका टोलीको खेल हुनेछ ।
साविक विजेता सिटीले घरेलु मैदानमा साउथह्याम्पटनको सामना गर्नेछ । सिटी र साउथह्याम्पटनबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
सिटी घरेलु मैदानमा साउथह्याम्पटनलाई हराएर शीर्ष स्थान उक्लने योजनामा रहेको छ । सिटी २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस्तै चेल्सीले घरेलु मैदानमा उल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ ।
यसै समयमा हुने अन्य खेलमा लेस्टरले बर्नेमाउथ तथा न्युकासलले ब्रेन्टफोर्डको सामना गर्नेछ ।
प्रिमियर लिग अन्तर्गत नै टोटेनहमले ब्राइटनसँग खेल्नेछ । खेल राति १०:१५ बजे सुरु हुनेछ ।