एमबाप्पे सर्वाधिक कमाउने फुटबल खेलाडी

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे सर्वाधिक आम्दानी गर्ने फुटबल खेलाडी बनेका छन् ।
फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार एमबाप्पे सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।
फ्रान्सेली फरवार्ड एमबाप्पेले पीएसजीकै लियोनल मेस्सीलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडी बनेका हुन् ।
फोर्ब्सको सूची अनुसार एमबाप्पेको आम्दानी १ सय २८ मिलियन अमेरिकी डलर रहेको छ ।
म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन् । रोनाल्डोको आम्दानी १०० मिलियन अमेरिकी डलर रहेको छ ।
चौंथो स्थानमा पीएसजीका फरवार्ड नेयमार रहेका छन् । ब्राजिलियन फरवार्ड नेयमारको आम्दानी ८७ मिलियन अमेरिकी डलर रहेको छ ।
लिभरपुलका मोहमद सलाह ५३ मिलियन अमेरिकी डलरसहित पाँचौं स्थानमा रहेका छन् ।
छैटौं स्थानमा रहेका म्यानचेस्टर सिटीका अर्लिङ हालाण्डको आम्दानी ३९ मिलियन अमेरिकी डलर, सातौं स्थानमा रोबर्टो लेवान्डोस्कीका ३५ मिलियन अमेरिकी डलर, आठौं स्थानका इडेन हाजार्डका ३१ मिलियन अमेरिकी डलर, नवौं स्थानका आन्द्रे इनिस्टाका ३० मिलियन अमेरिकी डलर र दशौँ स्थानका केभिन डी ब्रुएनका आम्दानी २९ मिलियन अमेरिकी डलर रहेको छ ।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)