सिटीलाई जरिवाना
शुक्रबार, असोज २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्ड एफएले म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ ।
एफएले सिटीलाई २ लाख ६० हजार पाउण्ड जरिवाना गरेको हो ।
गत सिजन प्रिमियर लिगको उपाधि जितेपछि इतिहाद स्टेडियमको पिच आक्रमण गरेको भन्दै सिटीलाई जरिवाना गरिएको हो ।
गत सिजनको मे महिनामा एस्टन भिल्लालाई ३-२ ले हराएर सिटीले उपाधि जित्दा समर्थकहरु खुसी मनाउन मैदानमा प्रवेश गरेका थिए।
समर्थकले एस्टन भिल्लाका किपर रोबिन ओल्सेनलाई आक्रमण गरेका थिए । यस्तै गोलपोस्टको क्रसबार भाँचिएको थियो।
सिटीले उक्त भीडको व्यवहार नियन्त्रण गर्न असफल भएको स्वीकार गरेको थियो ।
सिटीलाई जरिवाना








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)