काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज बुधबार राति आठ खेलहरु हुँदैछन् ।
च्याम्पियन्स लिगमा बुधबार राति रियल मड्रिड, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पीएसजी), चेल्सी, युभेन्ट्स लगायतका टोलीले खेल्ने छन् ।
च्याम्पियन्स लिगमा राति १०:३० बजे दुई खेलहरु हुनेछ । जसमा आरबी लाइपजिग र सेल्टिक तथा डिनामो जाग्रेबले आरबी साल्जवर्गबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै राति १२:४५ बजे विभिन्न ६ खेलहरु हुनेछन् । जसमा रियलले शाख्तर डोनेक्ट्स, सिटीले कोपनहेगन तथा पीएसजीले बेन्फिकासँग खेल्नेछ ।
चेल्सीले एसी मिलानसँग खेल्दा युभेन्ट्सले मक्काबी हाइफा र सेभियाले बोरुसिया डर्टमण्डसँग खेल्नेछ ।