काठमाडौं । नेपालका तीन फुटबल खेलाडी सुरक्षित भविश्यको खोजीमा विदेशिएका छन् ।
राष्ट्रिय टोलीबाट खेलिसकेका डिफेन्डर शिव गुरुङ,आकाश बुढा मगर र यू-२३ टोलीका फरवार्ड रेजिन सुब्बा अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
नेपालमा फुटबल गतिविधि अनिश्चित बनिरहेको बेला थप तीन खेलाडी विदेशिएका हुन्।
पछिल्लो समय नेपालका फुटबलरहरु अष्ट्रेलिया पलायनको लर्को लागेको छ ।
गत महिना रुमेश बर्तौला र अमिर श्रेष्ठ अष्ट्रेलिया गएका थिए ।
यस अघि राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, सन्तोष तामाङ, सुमन लामा र आशिष लामा अष्ट्रेलिया पुगिसकेका छन्।
