सोमबार बन्द प्रशिक्षक, मंगलबार अन्तिम टोली घोषणा !

काठमाडौं। मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले नियुक्त भएको दुई दिनमै स्कुल अफ फिजिकल एजुकेशन अफ युनान युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खेल्ने यु–२० महिला टोलीको घोषणा गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार मात्र मुख्य प्रशिक्षकमा गुरुङलाई नियुक्त गरेको थियो। उनले सोही दिन ३० सदस्सीय प्रारम्भिक टोली घोषणा गरेका थिए। सोमबार एक दिन प्रशिक्षण गराएर उनले मंगलबार नै २३ सदस्सीय अन्तिम टोली घोषणा गरेका हुन्।
टोलीमा गुरुङले बंगलादेशमा भएको साफ महिला यु–२० मा नेपाललाई उपविजेता बनाउने प्राय: खेलाडीलाई निरन्तरता दिएका छन्। सर्वाधिक १० गोल गरेकी पूर्णिमा राई र ७ गोल गरेकी मीना देउवाले पनि आफ्नो स्थान बनाएका छन्।
आयुषा रेउले, अंन्शु विक,अनु माझी, डिकी स्याङ्बो,मनीषा सेन, सीता रोकाया र सुनिता विक भने प्रारम्भिक टोलीबाटै बाहिरिए।
मैत्रीपूर्ण खेल ३१ जनावरीमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने तय छ। नेपालस्थित चिनिया राजद्तावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा एक खेल आयोजना गर्न लागिएको हो।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिन लागेको यस खेलले नेपाली यु–२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
उक्त खेलका लागि चिनियाँ टोली २९ जनवरीमा नेपाल आइपुग्ने एन्फाले जनाएको छ। विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच यस प्रकारका मैत्रीपूर्ण खेल आयोजना गरिँदै आएको छ।
नेपाली टोली
अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, भावन परियार, बिर्सना चौधरी, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लीला जोशी, मीना देउवा, सजिना स्याङ्तान, समीक्षा मगर, संगीता अधिकारी, सानिमामाया लो, सरिताकुमारी नाथ, सेमिहाङ लिम्बू, सिमरन राई, सुजाता तामाङ र शुक्रिया मिया














