शीर्षस्थानमा उक्लियो लालीगुराँस
मंगलबार, १३ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। लालीगुराँस एसोसिएसनले राष्ट्रिय लिगमा पहिलो बराबरी खेलेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा लालीगुराँसले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको हो।
लालीगुराँसको जारी लिगमा यो पहिलो बराबरी हो। योसँगै कास्कीको क्लब लालिगुराँस १० अंकसहित शीर्षस्थानमा उक्लिएको छ।
दोस्रो बराबरी खेलेको आर्मी भने ८ अंकसहित पाँचौं स्थानमा छ।














