काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा लेस्टरले नटिङघम फरेस्टलाई ४-० गोल अन्तरले हराएको हो ।
लेस्टरको जितमा जेम्स म्याडिसनले दुई गोल गरे ।
हार्भे बर्नेस र पाट्सन डाकाले एक एक गोल गरे ।
खेलको २५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा बर्नेसले गोल गर्दै लेस्टरलाई २-० अग्रता दिलाए ।

खेलको ३५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा डाकाले गोल गर्दै लेस्टरलाई ४-० को जित दिलाए ।
लेस्टरको यो सिजनको पहिलो जित हो ।
लेस्टरले ८ खेलमा ४ अंक जोडेको छ ।
लेस्टर १९ औं स्थानमा रहेको छ ।
फरेस्ट ४ अंक जोडेर पुछारमा रहेको छ ।