मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

नागेश्वर र राममायालाई प्लस टू रनको उपाधि

शनिबार, ०८ आश्विन २०७९खेलपाटी संवाददाता
नागेश्वर र राममायालाई प्लस टू रनको उपाधि
Classic Tech Internet Ad

काठमाडौं । नेपाल पुलिस क्लबका नागेश्वर अहिर र श्री गंगा माबि जुम्लाकी राममाया बुढाले प्लस टू फाइभ के रनको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि जितेका हुन् ।

पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमिको दुरी १५ मिनेट १५.१ सकेन्डमा पूरा गरे ।

पुलिसकै सन्तोष नाथ योगी १५ मिनेट २४.५ सेकेन्डको समय निकाल्दै दोस्रो भए ।  श्री रत्नचौडनेश्वर माबिका प्रकाश कठायत १५ मिनेट ३४.८ सेकेन्डको समय निकाल्दै तेस्रो भए ।

पुरुषतर्फ संजय नेपाली चौंथो, विश्वराम कुँवर पाँचौं र किरण लिम्बु छैटौं भए । मिङमार सिंगी तामाङ सातौं, अर्जुन राई आठौं, आशिष कुवर नवौं र अभिराज राई दशौँ स्थानमा रहे ।

महिलातर्फको उपाधि जित्ने क्रममा राममायाले १९ मिनेट १८.३ सेकेन्डमा दूरी पूरा गरिन् ।

एनआरएस स्पोर्ट्स फाउन्डेसनकी अन्जु खड्का १९ मिनेट ५८.८ सेकेन्डको समय निकाल्दै दोस्रो भईन् । ओहारा कार्कीले २० मिनेट १८.४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् ।

यस्तै सरस्वती बोहरा, सोनु घतानी,अनुजा कार्की, सरिता रम्तेल, रेस्टिना सिटीखु, शेर्बी महर्जन र उर्जा मधिकर्मी क्रमशः चौथो देखि दशौँ स्थानमा रहे ।

दुवै विधाको विजेताले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै चौथोले १० हजार, पाँचौले ५ हजार र छैटौदेखि दशौंसम्म स्थान हासिल गर्ने खेलाडीलाई जनही २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा सहभागी सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालको संचालनमा भएको प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला लगायतले पुरस्कृत गरेका थिए ।

उमेर समूहको एथलेटिक्सका खेलाडीलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगितामा २ सय ५० खेलाडीले सहभागिता जनाएको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।

Bajaj Pulsar Motorcycle Ad
नागेश्वर र राममायालाई प्लस टू रनको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

पथरी–११ ट्राइब्रेकरमा विजयी

पथरी–११ ट्राइब्रेकरमा विजयी

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

 ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा