काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ ।
विश्वकपमा सहभागिता जनाउने सबै ३२ राष्ट्रको टुंगो लागिसकेको छ । आयोजकले प्रतियोगिता खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । फिफाले सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर 'ड्र' गरेको हो ।
कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नोभेम्बर २० मा अल बायत स्टेडियममा हुनेछ ।
कतार विश्वकपको समूह 'ए' मा कतार, नेदरल्याण्ड, सेनेगल र इक्वेडर रहेको छ ।
समूह 'बी' मा इंग्ल्यान्ड, अमेरिका, इरान र वेल्स तथा समूह 'सी' मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया रहेको छ ।
यस्तै समूह 'डी' फ्रान्स, डेनमार्क, ट्युनिसिया,अष्ट्रेलिया, समूह 'ई' मा स्पेन, जर्मनी, जापान, कोस्टारिका, समूह 'एफ' मा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा, समूह 'जी' मा ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन तथा समूह 'एच' मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना रहेको छ ।
विश्वकप नजिकिदै गर्दा सहभागी राष्ट्रले धमाधम प्रतियोगिताका लागि होम र अवे जर्सी सार्वजनिक गरिरहेको छ ।
कुन राष्ट्रको कस्तो छ त जर्सी ?
कतार


नेदरल्याण्ड


सेनेगल


इक्वेडर


इंग्ल्यान्ड

अमेरिका


इरान

वेल्स


अर्जेन्टिना


मेक्सिको


पोल्याण्ड


साउदी अरेबिया


फ्रान्स


डेनमार्क


ट्युनिसिया

अष्ट्रेलिया


स्पेन


जर्मनी


जापान


कोस्टारिका


बेल्जियम


क्रोएसिया


मोरक्को


क्यानडा

ब्राजिल

स्विजरल्याण्ड


सर्बिया


क्यामरुन

पोर्चुगल


उरुग्वे


दक्षिण कोरिया


घाना


-गोलडटकम