मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

बंगलादेशले उडायो सबै सपना

मंगलबार, ०४ आश्विन २०७९हेम राज हमाल
बंगलादेशले उडायो सबै सपना
Loading ad...
mustang rice ad

काठमाडौं । अब त दिक्क लाग्न थालिसक्यो । कहिलेकाहीँ त 'विश्लेषक' होइन एउटा आम 'समर्थक' बनेरै नेपाली फुटबललाई हेर्न मन लाग्छ । बुझ्न मन लाग्छ । बोल्न मन लाग्छ । र, सायद आज त्यही आम समर्थक बोल्नेछ ।

कुनै फिल्म हुन्छ नि जुन सुरुदेखि नै मजा आइरहेको हुन्छ हेर्दा । राम्रो सिनेमाटोग्राफीले बाँधेर राखेको हुन्छ कहानीसँग । कमी केहि कुराको हुँदैन । राम्रो कास्टिङ, बिजिएम, डाईलग, स्टोरी टेलिङ, एङ्गल सबै क्या गजब भईरहेको हुन्छ । यस्तो लाग्छ यो फिल्म नसकियोस । अझ क्लाइमेक्स त झन् यति राम्रो भईदिन्छ कि यसले एन्डिङ प्रतिको उत्साहलाई थप बढाएको हुन्छ । कहानीको सुन्दर समाप्तिको लागि हेर्ने दर्शकको अपेक्षा बढाईदिन्छ ।

तर, के हुन्छ जब त्यही फिमको एन्डिङ अन्तिममा आएर सबैभन्दा झूर भईदिन्छ । यस्तो बेकार की तपाईको अहिलेसम्मको सारा मजा एकपलमै खत्तम पारिदिन्छ । त्यो बेला कस्तो महसुस हुन्छ तपाईलाई ? दुख लाग्छ, आक्रोशित बनाउँछ, चुक्चुकाउन मन लाग्छ, रिस उठ्छ, निराशा उत्पन्न हुन्छ । मानिसको भित्र हुने सबै संवेगहरु, भावनाहरु सबै बाहिर आउँछ ।

छैटौं महिला साफ च्याम्पियनसिपमा नेपाली टोलीको कहानी झुर एन्डिङले खल्लो बनाएको त्यो फिल्म जस्तै बनेको छ । जसको क्लाइमेक्सलाई मात्र 'इन्जोय' गरियो ।

पहिलो पटक साफ उपाधि जितेर, १५  हजारभन्दा बढी घरेलु दर्शकको अगाडी दशरथ रंगशालामा 'वीर गोर्खाली' शैलीमा राष्ट्रिय झण्डा फहराउदै ट्रफी उचाल्ने नेपालको सपना त्यही बेमौसमी झरीमा पखालियो । जुन झरीले दशरथ रंगशाला निथ्रुक्क पारेको थियो ।

May be an image of 4 people and outdoors

जसले सेमिफाइनलमा भारतलाई पराजित गरेर इतिहास रच्यो, अपराजय यात्रामा १ गोल पनि उसलाई कसैले प्रहार गर्न सकेन, जसको पछाडी 'गोर्खाली शक्ति'  बनेर हजारौं भिड उभिएको छ त्यस्तो टोली निर्णायक मोर्चामा अन्तिममा गएर बंगलादेशसँग ३-१ ले हार्नु पनि कुनै फिल्मको झुर एन्डिङ भन्दा कम कहाँ छ र ।

हो आज सायद एउटा आम समर्थक सोध्नेछ । के नेपाललाई फाइनल श्रापनै भएको हो त ?

महिला फुटबल त अहिले प्रतिनिधि टोली मात्र हो । पुरुषतर्फ पनि हालत फरक छैन ।  त्यसो भए अब के गर्नु पर्ने हो साफ फाइनल जित्न ? आकाश धर्ती तलमाथि नै पार्नु पर्ने त होइन ?

खेल विश्लेषण: फाइनलमा 'एक्स्पोज' भएको कमजोर डिफेन्स

'आजैको दिनदेखि म यो टिम छोड्छु,'  फाइनल लगत्तै प्रशिक्षक कुमार थापाले पत्रकार सम्मेलनमा भने, 'मैले जुन लक्ष्य राखेको थिए । त्यो पूरा गर्न सकिन । अहिलेनै पद त्यागको घोषणा गर्छु । सफलता प्राप्त गर्न नसक्ने मान्छेले टासिएर बस्न हुदैन ।'

नेपालले फाइनल गुमाउला न त कुमारले सोचेका थिए न त उनको टोलीले । सक्ने सम्मको सबै मेहनत गरेको थियो नेपालले । किनकि यसपटकको साफले कुनै 'एक्सक्युज' छाडेको थिएन । उनले तयारीमा कहिल्यै कमी भनेनन् । पहिले जस्तो भारत नामको बाधालाई पनि पार गरिसकेको थियो । घरेलु भूमिमा दर्शकको भरपुर समर्थनका बाबजुद नेपालले पाँचौ पटक फाइनल पुगेर पनि उपाधि जित्न सकेन ।

कुमारले प्रतियोगिता सुरु हुनुअघि देखिनै बारम्बार भन्दै आइरहेका थिए, 'हामीले साफ जित्ने हो भने गल्तिहरु कम गर्दै जानु पर्छ ।'

कुमारको यो साफ जित्ने मन्त्र थियो भन्दा फरक पर्दैन । किनकि कुनै गल्ति नै नगर्ने हो भने त जितिन्छ पनि । तर फाइनलमै आएर यस्तो गल्ति कसरी हुन पुग्यो त्यो उनलाई पनि थाहा छैन । उनी मात्र के कसैलाई थाहा छैन । स्वयं मैदानमा भिडीरहेको टोलीलाई पनि थाहा छैन ।

नेपाल (पुरुष-महिला) लाई फाइनल किन यस्तो कठिन हुने गर्छ भन्ने प्रश्नको ठोस उत्तर भेट्न मुस्किल छ । तर यसपटकको साफ फाइनलमा यो उत्तर सजिलै पाइन्छ । त्यो हो बंगलादेश ।

फाइनल खेलमा कुनै त्यस्तो क्षण आएन जहाँ नेपालले बंगलादेश भन्दा उत्कृष्ट खेल देखायो । र, यदि जित्नु छ भने तपाई उत्कृष्ट हुनुपर्छ । यसमा कुनै दुईमत छैन नेपालको खेल पनि राम्रो थियो । तर, फाइनलमा राम्रोले मात्र पुग्दैन उत्कृष्ट हुनै पर्थ्यो । 

May be an image of 5 people and people standing

बंगलादेशको बारेमा यस अघिका लेखमा उनीहरुको प्रगति, महत्वाकांक्षाको बारेमा धेरै पटक चर्चा भईसकेको छ । त्यही शिलशिलाको एक पाटो मात्र हो साफको फाइनल । प्रशिक्षक गोलोम रबानिलाई किन बंगलादेशी महिला फुटबलको अग्रणी व्यक्तित्व मानिन्छ भन्ने उनले देखाएका छन् । पहिलो पटक च्याम्पियन बनेर । सन् २००९ देखि विभिन्न उमेर समूहबाट नै हुर्काउदै, मलजल गर्दै ल्याएको उनको यो टोलीले अन्तत : साफ जितेर उनलाई उनको जीवनकै सबैभन्दा ठुलो उपहार दिएको छ । यसका लागि उनीहरुले कति वर्ष तपस्या गर्नु पर्यो आफै हिसाब गर्नुस ।

फाइनल खेलमा पहिलो गोलले ठुलो महत्व बोक्छ । जसले पहिलो गोल गर्छ त्यो टोली खेलमा हाबी हुन पाउँछ । बंगलादेशले पहिलो गोल गर्दा नेपालको कमजोर डिफेन्स एक्स्पोज भयो । 

खेल सुरु भएको १० मिनेटमै अचानक गोलोमले अनुभवी मिडफिल्डर मोसमत जहा सोप्नलाई बाहिर बोलाए । उनले पछिल्लो खेलमा चोट बोकेकी थिइन् तरपनि उनलाई सुरुआत गराइएको थियो । गोलोमले उनको स्थानमा साम्सुनाहार जुनिएरलाई मैदानमा पठाए । यो उनको आश्चर्यजनक कदम थियो । तर गोलोमले आफ्नो निर्णयमा बिश्वास गरे । ठिक यहिँ  क्षणबाट नै खेल नेपालको हातबाट गुम्न सुरु भईसकेको थियो । साम्सुनाहार मैदान प्रवेश गरे लगत्तै आफ्नो प्रभावशाली प्रदर्शन देखाउन थालिन । बिशेष गरि उनको पेसले नेपाललाई सबैभन्दा धेरै दु:ख दियो ।

साम्सुनाहार १९ वर्षकी भईन । कलसिन्दु प्राथमिक विद्यालयबाट फुटबलमा आएकी हुन् । उनी फुटबल खेले बापत पाएको पैसाले परिवार चलाइरहेकी छिन् । उनका बुवा बिरामी छन् । दाइले ट्रक चलाउँछन् । उनी खेल पाएको पैसा परिवार खर्चका लागि बुबालाई दिन्थिन ।

साम्सुनाहार जुनियरले २०१४ मा बंगमाता प्रतियोगितामा सर्वाधिक गोलकर्ताको रूपमा गोल्डेन बुट जितिन् । २०१५ मा प्लेयर अफ द टुर्नामेन्टको ट्रफी जितिन् ।

अहिले साफ विजेता बनेकी छिन् । फाइनलमा नेपालको डिफेन्सलाईन बिशेषगरि हिरा कुमारी भुजेललाई उनले तोडिन भन्दा फरक पर्दैन । उनको मुभमेन्ट यति फ्लेक्जिबल थियो कि उनी आरामसँग डिफेन्स बाइपास गर्दै पोजिसनमा जान सक्थिन । मैदान छिरेको ३ मिनेटमै साम्सुनाहारले गोल गरेर बंगलादेशलाई अग्रता दिलाइन ।

साम्सुनाहारले फिनिस गर्नुअघि त्यो क्रसलाई रोक्न नेपाल असफल भयो । नेपालले पाएको थ्रो इनमा हिरा कुमारी भुजेल सरुलाई भेट्न चाहन्थिन । कर्नरको नजिक सायदै कुनै थ्रो इन आफ्नै हाफमा दिने गल्ति कसैले गर्छ । जबकी सरुलाई संगसंगै मार्क गर्दै संजिदा अख्तर पनि आइरहेकी थिइन् । सरुको फर्स्ट टच कमजोर रह्यो । हिरासँग च्यानल मिलाउन सकिनन् त्यसको मौका संजिदाले उनीहरुको बीचबाट तत्काल बल जित्दै अगाडी बढीन । संगै रहेकी खतरनाक मोनिका चक्माले आफुलाई अनलोड गरिन । पहिलो क्रस ब्लक हिरा कुमारी भुजेलले ब्लक गरिन तर मोनिका आफ्नो उत्कृष्ट स्किलले सरु र हिरा दुबैलाई मात दिदै क्रस निकाल्न सफल भईन ।

May be an image of 2 people and outdoors

मोनिका चक्माको क्रसलाई साम्सुनाहारले पहिलो टचमै पोस्टको दिशा दिइन् । कप्तान एन्जिला तुम्बापो सुब्बालाई रियाक्ट गर्ने कुनै समय थिएन । अचम्म त के छ भने साम्सुनाहार जुन पोजिसनमा थिइन् उनकै अगाडी नेपालको प्रमुख सेन्टरब्याक जोडी गीता राना र पुनम जर्घा थिए । उनीहरु दुबैजनाको माथिबाट साम्सुनाहारले गोल गरिन । उनीहरुले पत्तै पाएनन् साम्सुनाहारलाई कसले मार्क गर्ने र उनी कसरी त्यहाँ आईपुगिन ।

त्यसपछि नेपाल स्वतः दबाबमा आयो किनकी गोल चाहियो अब । त्यसपछि त्यही हतार हतारमा सुरुभयो बारम्बार गल्तिको शिलशिला । खराब फर्स्ट टच । मिस पास । जसले गर्दा कुनै अवसर सिर्जना हुन सकेन । पहिलो हाफमा अनिता बस्नेतको फ्रिकिक रुपनाले बचाउदा र एउटा गोललाइन क्लियर हुदा नेपाल बराबरी गोलबाट चुक्यो ।

बंगलादेशको दोस्रो गोलले त नेपालको सम्भावना निकै घटाइसकेको थियो । पुनम जर्घाको कमजोर कन्ट्रोलको फाइदा उठाउदै साम्सुनाहारले नै डिस्पोजेज गरिन । र, सबिनालाई सेटअप गरिदिईन । नेपाली खेलाडीले फ्री छोडेकी श्रीमति सरकारले सविनाको असिस्टलाई टपक्लास फिनिस गरिन । नेपाली डिफेन्स रनभुल्ल थियो ।

बंगलादेशको स्कुल फुटबलबाट उदाएकी सरकार सन् २०१५ मा नेपालमा भएको एएफसी यू-१४ रिजनल च्याम्पियनसिप विजेता टोलीमा पनि थिइन् । उनका बुवाले कपडा सिलाउने काम गर्छन । उनले नेपालविरुद्ध फाइनलमा २ गोल गरेर स्तब्ध पारिन । अन्तिम गोल त नेपालले काउन्टरमा भेटेको थियो । कुमारले डिफेन्डर हटाएर अमिषालाई मैदान उतारेपछि नेपालले ब्याक थ्री खेलेको थियो । तर मिडफिल्डले बल पोजेसन गुमाउँदा डिफेन्डरको कुनै जोर चलेन । 

May be an image of 7 people, people standing, people playing sports and grass

सावित्रा दोस्रो हाफमा मैदान छिर्दा खेलको पेस बढ्यो । केहि अवसर पनि आए । उनको उपस्थितिले मात्र धेरै फरक पार्छ भन्ने फेरी एकपटक देखियो । अनिताले राम्रो गोल गरिन यसमा योगदान साम्बाको रह्यो ।

के नेपाललाई 'ओभर हाइप' अर्थात धेरै उचालिएको थियो ?

उसो त यो आ-आफ्नो सोचको परिणाम हुन सक्ला तर फुटबल वृत्तमा चर्चा के पनि छ भन्दा भारतलाई पराजित गरिसकेपछी नेपाली टोलीले आफ्नो धरातल बिर्सने गरेर बंगलादेशलाई 'अन्डरइस्टिमेट' गरेको थियो भन्ने छ । हो निश्चय पनि नेपाल फुटबलप्रति असाधारण मोह राख्ने देश हो । यहाँ खेल र खेलाडीलाई उच्च सम्मान दिने गरिन्छ ।

भारतविरुद्धको जितले नेपाली खेलकुदमा ठुलो अर्थ राख्छ । कतै त्यो जितको उत्साहमा खेलाडीहरु बिचलित त थिएनन ।  साफमा सधै पराजित हुँदै आएको बंगलादेश नेपालका लागि हद भन्दा बढी "सजिलो प्रतिद्वन्द्वी" त बनेन ? प्रश्नहरु त उब्जिने नै भए । किनकी जितमा केहि देखिदैन तर हारमा सबथोक देखिन्छ । खेलकुदको स्वभाव नै यस्तै ।

Loading ad...
LiNing Ad
उडायो बंगलादेशले सबै सपना

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो