काठमाडौं । स्पेनिस ला लिगा फुटबलको मड्रिड डर्बीमा रियल मड्रिडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रियलले एट्लेटिको मड्रिडलाई २-१ गोल अन्तरले हराएको हो ।
एट्लेटिकोको मैदानमा रियललाई जित दिलाउन रोड्रिगो र फेडेरिको भाल्भर्डेले एक एक गोल गरे ।
घरेलु टोलीका लागि मारियो हेर्मोसोले एक गोल फर्काए ।

खेलको १८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
३६ औं मिनेटमा फेडेरिकोले गोल गर्दा रियलको अग्रता २-० को बन्यो ।
त्यसपछि खेलको ८३ औं मिनेटमा एट्लेटिकोका मारियोले गोल गरेपनि रियल २-१ ले विजयी भयो ।
यस्तै खेलको इन्जुरी समयमा गोलकर्ता मारियोले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ ।
रियलले ६ खेलमा १८ अंक जोडेको छ ।
एट्लेटिको १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।