राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा
मंगलबार, १५ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एक दशक बढी खेलेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल राजनीतिमा होमिएका छन्।
राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकसमेत रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका हुन्।
पूर्वसञ्चारकर्मी रवि लामिछाने सभापति रहेको रास्वपाले काठमाडौं नगरपालिकाका मेयर बालेन्द्र शाहसँगै सहरी विकासमन्त्री कुलमान घिसिङलाई भित्र्याएर चुनावमा उत्रिने उद्घोष गरिसकेको छ।
उक्त चुनावका लागि रास्वपाले निर्वाचन आयोगमा बुझाएको ११० उम्मेदवार सूचीमा उनी पनि अटाएका छन्। उनलाई पुरुषतर्फ आदिवासी जनजातिको सूचीमा पाँचौं नम्बरमा राखिएको छ।





%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)

-1771139095251.jpeg&w=3840&q=75)



