पथरी ११ सेमिफाइनलमा
सोमबार, १४ पौष २०८२खेलपाटी संवाददाता

पथरी। पथरी ११ फुटबल क्लब बेलबारीमा जारी शेरबहादुर तथा सन्तोष कुमारी मेमोरियल कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
भाउन्ने रंगशालामा सोमबार भएको खेलमा पथरी ११ फुटबल क्लबले धरान सिटी फुटबल क्लबलाई २–१ ले पराजित गरेको हो। खेलमा अग्रता भने धरानले लिएको थियो।
खेलको पाँचौं मिनेटमा धरान सिटीका मदन लाबुङले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि १२औं मिनेटमा पथरी ११ का युकेश तामाङले बराबरी गोल गरे। दोस्रो हाफको ४६औं मिनेटमा पथरी ११ का मिक्सन दासले निर्णायक गोल गर्दै टोलीलाई जिततर्फ अग्रसर गराए।
पथरी ११ का युकेश तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए। संगम स्पोर्टिङ क्लब, बेलबारीको आयोजनामा प्रतियोगिता आइतबार बाट सुरु भएको हो।











-1767006224106.jpeg&w=3840&q=75)
