मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

पोखरा । साक यान्त मुवाथाईको आयोजना अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ पोखरामा सम्पन्न भएको छ ।
मुख्य इभेन्टमा गण्डकी प्रदेशकी सुस्मिता थापा मगरले भारतकी सरिता राठोर लाई हराउँदै च्याम्पियन बनेकी छिन् ।
उपाधि सहित उनले नगद ८० हजार रुपैयाँ जितेकी छिन्। यो उनको एक वर्षमा नवौं उपाधि हो। सुस्मिता तेक्वान्दोकी खेलाडी समेत हुन् । उनले यस वर्ष ९ वटा प्रोफेसनल फाइट जितेकी छिन् ।
एमएमएको मुख्य इभेन्टमा जेनित शेरचन च्याम्पियन भए । प्रतियोगितामा ३ राष्ट्रका ४८ फाइटर सहभागी थिए। भारतका ८ शहरबाट ११ फाइटर, श्रीलंकाबाट १ फाइटर र बाँकी सबै नेपाली थिए।
प्रतियोगितामा ५ हजार भन्दा बढी दर्शक उपस्थित थिए। विश्वस्तरीय र अन्तराष्ट्रिय मापदण्डको सेटअप स्टेज, स्क्रीन, लाइट, साउण्ड सहित चलेको प्रतियोगिता दिउँसो २ बजेदेखि राति १० बजेसम्म सम्पन्न भएको हो । यसमा २४ वटा मुवाथाई र एमएमए फाइट भएको थियो।
साक यान्त मुवाथाईका संयोजक खगेन्द्र क्षेत्रीले प्रतियोगिता सफल भएको र मुवाथाई खेलमा नयाँपन थपिएको बताए।
उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै सहयोगी, प्रदेश खेलकुद कार्यालय, महानगरपालिका र अन्य सरोकारवालालाई धन्यवाद दिए ।






-1767006224106.jpeg&w=3840&q=75)






