काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गतको आज मंगलबारका लागि तय भएको नेपाल प्रहरी क्लब र गण्डकी प्रदेशबीचको खेल रद्द भएको छ ।
मुलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि पुलिस र गण्डकी प्रदेश बीचको खेल रद्द भएको हो ।
दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो। खेल रद्द भएपछि दुबै टोलीले एक एक अंक बाडेका छन् ।
यो सहित गण्डकी प्रदेशको लगातार चार खेल रद्द भएको छ ।
यता, नेपाल पुलिसको भने चौंथो खेलमा यो दोस्रो खेल रद्द भएको हो । उसले दुई खेलमा भने जित हासिल गरेको थियो।
समूह 'ए' मा रहेको पुलिसले ४ खेलमा ६ अंक छ ।पुलिस आफ्नो समूहको अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
गण्डकीले ४ खेलमा ४ अंक जोडेको छ । गण्डकी आफ्नो समूहको अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
मुलपानी मैदानमा यस प्रतियोगिताको यो लगातार दशौं खेल स्थगित भएको हो ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएन स्पोर्टस एकेडेमीको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।