काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गतको आज सोमबार तय भएको एनआरएनए स्पोर्टस एकेडेमी र प्रदेश नम्बर १ बीचको खेल रद्द भएको छ ।
मुलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि एनआरएनए र प्रदेश १ बीचको खेल रद्द भएको हो ।
दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो। खेल रद्द भएपछि दुबै टोलीले एक एक अंक बाडेका छन् ।
एनआरएनएले पहिलो खेल जितेको थियो । एनआरएनएको लगातार तीन खेल रद्द भएको हो ।
यता, प्रदेश १ को भने चौंथो खेलमा यो तेस्रो खेल रद्द भएको हो । उसले एक खेलमा भने पराजय भोगेको थियो ।
समूह 'बी' मा रहेको एनआरएनले ४ खेलमा ६ अंक छ । एनआरएनए अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
प्रदेश १ ले ४ खेलमा ३ अंक जोडेको छ । मुलपानी मैदानमा यस प्रतियोगिताको यो लगातार आठौं खेल स्थगित भएको हो ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएन स्पोर्टस एकेडेमीको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।