• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
खै महिला फुटबललाई प्रोत्साहन ?
हेम राज हमाल
सोमबार, भदौ २७, २०७९ हेम राज हमाल
खै महिला फुटबललाई प्रोत्साहन ?

काठमाडौं । महिला साफ च्याम्पियनसिप काठमाडौंमा सञ्चालन भैरहेको छ । दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठुलो प्रतियोगितालाई नेपालले आयोजना गरेको छ । यसअघि नेपालले काठमाडौं बाहिर मोफसलमा महिला साफलाई लगेको थियो । पूर्वको विराटनगरमा सफलतापूर्वक प्रतियोगिताको आयोजना गरेको नेपालले अहिले राजधानी काठमाडौंमै महिला साफको सञ्चालन गरिरहेको छ ।  

दक्षिण एसियाली महिला फुटबलमा नेपाल टिम सधैको उपाधि दाबेदार हो । तर सधै उपाधिबाट बिमुख हुने गरेको खराब इतिहास नेपालसँग छ । महिला फुटबलमा ठुलो सम्भावना भएर पनि नेपालले दक्षिण एसियाली स्तरमा आफुलाई नम्बर एक टिमको रुपमा प्रमाणित गर्न सकेको छैन । भारतीय फुटबल नेपालका लागि सधै लगारो बन्ने गरेको छ । 

अर्को दुखद कुरा नेपालमा आयोजना भएका पछिल्ला दुई संस्करणमा जनस्तरबाट महिला फुटबललाई प्रोत्साहन र समर्थन गरेको पनि देख्न सकिदैन । महिला फुटबल टिमले दशरथ रंगशालामा साफ च्याम्पियनसिप खेलिरहदा दर्शकको उपस्थिती निकै पातलो देखिन्छ । फुटबलको राम्रो क्रेज भएको नेपालमा साफ च्याम्पियनसिप आयोजना भैरहदा रंगशाला खाली देखिनुले महिला फुटबल उपेक्षामा परेको चित्र देखिन्छ । 

दर्शकको उपस्थितीले खेल र खेलाडीको मनोबिज्ञान र नतिजामा फरक पार्ने राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान कमला हिराचन बताउँछिन् । ‘दर्शक सहित मैदानमा खेल्दा धेरैनै फरक पार्छ । दर्शकको सपोर्ट भए खेलाडीलाई खेल्न जोश पनि आउँछ । नत्र फरक परिहाल्छ ।’ उनी भन्छिन् । 

राष्ट्रिय महिला टिमसँग व्यवस्थापकको रुपमा समेत काम गरेकी हिराचन रंगशालामा दर्शकको उपस्थितीले खेलाडीमा हौसला बढ्ने अनुभव सुनाउँछिन् । ‘दर्शक हुदा खेलाडीको हौसला बढ्छ । नत्र अभ्यास गरेको हो कि प्रतियोगिता खेलेको भन्ने पनि अनुभव खेलाडीलाई हुन्छ ।’ उनले भनिन् ।

साफमा सधै दोस्रो हुनुको पिडा खेलाडीसँगै नेपाली फुटबललाई सधै रहने गरेको छ । पछिल्लो समय अन्तराष्ट्रिय फुटबलमा दक्षिण एसियाकै अन्य देशले प्रगति गरिरहदा नेपाली फुटबलको विकास अपेक्षित रुपमा अघि बढ्न सकेको छैन । जनस्तरबाट खेलाडी र सम्बन्धित विधाको खेललाई प्रोत्साहन नहुँदा खेलाडीले नतिजा दिन नसक्ने सरोकारवाला बताउँछन् । 

काठमाडौंमा आयोजना भैरहेको महिला साफमा नेपाल सहित ७ देशले सहभागीता जनाएका छन् । सधै झै प्रतियोगिताको दाबेदार नेपाल र भारतनै हुन् । भुटानको खेलले दर्शकको मन लोभ्याएको छ भने बंगलादेशले अप्रत्यासीत नतिजा निकाल्ने धेरैको अनुमान छ । तर दक्षिण एसियाकै ठुलो महिला फुटबल प्रतियोगिता काठमाडौंमा आयोजना भैरहदा रंगशालामा खेलाडीलाई हौसला बढाउने र प्रोत्साहन गर्ने दर्शक भने देखिदैनन् । 

महिला साफ च्याम्पियनसिपको कमर्सियल राइट्सको जिम्मेवारी लिएको हन्ड्रेड स्पोर्टसका नेपालका अपरेसन हेड विकास खेतान जन स्तरबाट प्रोत्साहन र समर्थन पाएको खण्डमा मात्र महिला फुटबलमा नतिजा निस्कने बताउँछन् ।

‘नेपालमा महिला फुटबलको सम्भावना धेरै छ । तर आम फुटबलप्रेमी रंगशालामै गएर खेलाडीलाई हौसला बढाउँदा अन्य महिला खेलाडीलाई समेत फुटबलमा लाग्न प्रेरित गर्छ । यसैले भोलिको दिनमा देशका लागि राम्रो नतिजा निकाल्न सक्छ ।’ उनी भन्छन्, ‘हामीले हाम्रोतर्फबाट व्यवसायीक रुपमा योगदान गरेका छौं । अब आम फुटबलप्रेमीले समेत महिला फुटबललाई प्रोत्साहन गरेर नतिजा निकाल्नमा सहयोग गर्न पर्यो ।’ 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP