काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गतको आज आइतबार तय भएको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल रद्द भएको छ ।
मुलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि गण्डकी र लुम्बिनीबीचको खेल रद्द भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो।
खेल रद्द भएपछि दुबै टोलीले एक एक अंक बाडेका छन् । गण्डकीको यो लगातार तेस्रो खेल रद्द भएको हो । यता,लुम्बिनीको यो लगातार तेस्रो खेल रद्द भएको हो ।
समूह 'ए' मा रहेको लुम्बिनीले ३ खेलमा ३ अंक जोडेको छ । गण्डकीले ३ खेलमा ३ अंक जोडेको छ ।
प्रतियोगिता अन्तर्गतको मुलपानीमा यो लगातार सातौं खेल रद्द भएको हो । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएन स्पोर्टस एकेडेमीको टोली गरी ११ टोलीको सहभागीता रहेको छ ।
सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।