काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लाइपजिगले बोरुसिया डर्टमण्डलाई ३-० गोल अन्तरले हराएको हो ।
खेलको छैटौं मिनेटमा विलि ओर्बानले गोल गर्दै लाइपजिगलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा डोमिनिकले गोल गर्दै लाइपजिगलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा एमाडोउ हैदराले गोल गर्दै लाइपजिगलाई ३-० को जित दिलाए ।
जितसँगै लाइपजिगले ६ खेलमा ८ अंक जोडेको छ ।
लाइपजिग दशौँ स्थानमा रहेको छ ।
डर्टमण्ड १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।