नेपाल टी-ट्वान्टी : ६ टोलीले किने १५ लाखमा मार्की खेलाडी

काठमाडौं । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगमा सहभागिता जनाउने ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी ड्राफ्टबाट शनिबार ६ टोलीले पहिलो चरणमा मार्की खेलाडी अनुबन्ध गरेको जनाएको हो ।
पहिलो संस्करणको प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौं कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्र सिंह ऐरी र विराटनगरले मार्की खेलाडीमा रोहित पौडेललाई अनुबन्ध गरेको छ ।
यस्तै जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई मार्की खेलाडी चयन गरेको छ।
ड्राफ्टबाट ६ वटै टोलीले 'ए' श्रेणीका खेलाडीलाई १५ लाखमा मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
यस्तै पोखराले ए श्रेणीका खेलाडी शरद भेषवाकरलाई अनुबन्ध गरेको छ ।
पहिलो दिन 'ए' श्रेणीका पाँच खेलाडी भने बिकेनन ।
विनोद भण्डारी, अविनास बोहरा, आरिफ शेख, कुशल भुर्तेल र सुबास खकुरेल नबिकेका हुन् । उनीहरु 'बी' श्रेणीमा झरेका छन् ।
बाँकी ९२ जनाको ड्राफ्ट आइतबार हुनेछ ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

