काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा बंगलादेशले ५-० गोलको अग्रता बनाएको छ ।
पाकिस्तानविरुद्ध बंगलादेशकी कप्तान सबिना खातुनले ह्याट्रिक गरेकी छिन् । सबिनाले खेलको ३१ औं, ३५ औं र ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।
सबिना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।
उनी सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा छिन् । सबिनाले ५ गोल गरिसकेकी छिन् ।