काठमाडौं । पछिल्लो ट्रान्सफर विन्डोमा फुटबल एजेन्टहरुले ४३०.८ मिलियन पाउण्ड कमाएका छन् ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सार्वजनिक गरेको तथ्यांकअनुसार ट्रान्सफर विन्डोमा एजेन्टहरुले ४३०.८ मिलियन पाउण्ड कमाएको देखिएको छ ।
फिफाले सार्वजनिक गरेको रिपोर्ट अनुसार यस वर्ष पुरुष र महिला खेलाडीको ट्रान्सफर संख्या उच्च देखिएको छ । जसको कारण एजेन्टले अघिल्लो वर्षको तुलनामा बढी कमाई गरेको देखिएको हो ।
यस वर्ष पुरुष स्थानान्तरण विन्डो मूल्य अघिल्लो वर्षको तुलनामा २९.७ प्रतिशतले बढेको छ ।
ट्रान्सफर विन्डोमा प्रिमियर लिगले कीर्तिमानी १.९ विलियन खर्च गर्यो ।
म्यानचेस्टर युनाइटेडले ८१.३ मिलियन पाउण्डमा एन्टोनीलाई प्रिमियर लिगको सबैभन्दा महँगो अन्तिम दिनको स्थानान्तरणमा हस्ताक्षर गरेसँगै थप कीर्तिमान बनेको थियो।
महिला फुटबलले ६ सय ८४ अन्तराष्ट्रिय स्थानान्तरण गर्दै कीर्तिमान बनायो । जुन अघिल्लो वर्षको भन्दा १४.४ प्रतिशतले वृद्धि हो ।
पुरुषको ट्रान्सफरमा ९ हजार ७११ दर्ता हुँदा स्थानान्तरण १६.२ प्रतिशतले वृद्धि भएको छ ।