काठमाडौं । स्पेनिस मिडफिल्डर हुवान माटा टर्किस क्लब गालातासारेमा अनुबन्धित भएका छन् ।
टर्किस क्लबले माटालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
माटाले सिजनको अन्त्यसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड छाडेका थिए ।
३४ वर्षीय मिडफिल्डर माटाले आठ वर्ष युनाईटेडमा क्लब छाडेका हुन् ।
माटा सन् २०१४ मा चेल्सीबाट युनाईटेड आएका थिए ।
स्पेनिस मिडफिल्डर माटाले युनाईटेडका लागि २ सय ८५ खेल खेल्दा ५१ गोल गरेका छन् ।
माटाले युनाईटेडका लागि चार उपाधि जितेका थिए ।
