काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोकिपाउँ भनी परेको रिट खारेज भएको छ ।
अधिवक्ता विष्णु प्रसाद तिवारीले असार ३ गते निर्वाचन रोक्न मागसहित उच्च अदालत पाटनमा रिट दर्ता गरेका थिए ।
उच्च अदालत पाटनले भदौ २२ गते रिट खारेज गरेको हो ।
न्यायधिसद्वय धिर बहादुर चन्द र नारायण प्रसाद पौडेलको संयुक्त इजलासले रिट खारेजको फैसला गरेका हुन् ।
एन्फाको निर्वाचन गत असार ६ गते सम्पन्न भएको थियो ।
निर्वाचनबाट पंकज बिक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए ।