काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग र सहिद स्मारक 'बी' डिभिजन लिगका क्लबले प्राप्त गर्नु पर्ने सम्पूर्ण पुरस्कार पाएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार 'ए' र 'बी' लिग क्लबको बाँकी रहेको सम्पूर्ण पुरस्कार दिईएको जनाएको छ ।
एन्फाका प्रवक्ता सुरेश शाहले 'ए' र 'बी' लिगको बाँकी रहेको सम्पूर्ण पुरस्कार रकम क्लबलाई प्रदान गरिएको जानकारी गराए ।
'हामीले लिगको विजेता, उपविजेता लगायत विधागत विजेता, म्यान अफ द म्याच लगायतको सम्पूर्ण पुरस्कार प्रदान गरेका छौँ,' शाहले भने ।
अघिल्लो संस्करणमा मछिन्द्र फुटबल क्लबले अपराजित रहदै 'ए' डिभिजनको उपाधि जितेको थियो ।
यस्तै चर्च ब्वाइज क्लबले 'बी' डिभिजन लिगको उपाधि जितेको थियो ।
कुन क्लबले कति पुरस्कार पाए ?

