कोहलीको शतक
बिहिबार, २३ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । एसिया कप क्रिकेटको सुपर चार अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा विराट कोहलीले शतक बनाएका छन् ।
दुबईमा जारी खेलमा कोहलीले ५३ बलमा शतक बनाएका हुन् ।
टी-ट्वान्टी अन्तराष्ट्रियमा कोहलीको यो पहिलो शतक हो ।
उनी १ सय २२ रनमा अविजित रहे ।
कोहलीले करिब ३ वर्षपछि शतक बनाएका हुन् ।
कोहलीको यो करियरको ७१ औं शतक हो ।

कोहलीको शतक











-1775932166938.webp&w=3840&q=75)

