शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

एथलेटिक्समा ९ स्वर्ण जित्दै कास्की पहिलो  

शनिबार, १८ भाद्र २०७९खेलपाटी संवाददाता
एथलेटिक्समा ९ स्वर्ण जित्दै कास्की पहिलो  
Loading ad...
mustang rice ad

पोखरा ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरिय एथलेटिक्समा ९ वटा स्वर्ण पदक जित्दै कास्की प्रथम भएको छ ।

पोखरा रंगशालामा शनिबार सम्पन्न एथ्लेटिक्सको विभिन्न स्पर्धामा कुल ९ स्वर्ण पदक जित्दै कास्की प्रथम भएको हो । प्रतियोगितामा कास्कीले ४ रजत र ३ कास्यपदक जितेको छ ।

त्यस्तै गोरखाले ६ वटा स्वर्ण, ३ वटा रजत र एक कास्य पदक जित्दै दोस्रो बन्यो । नवलपुरले ४ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै तेस्रो स्थान प्राप्त गरेको छ ।

 प्रतियोगितामा ५ हजार मिटर महिलातर्फ स्याङजाकी जानकी खरालले २१ मिनेट ५० सेकेण्डमा पुरा गर्दै प्रथम भइन् । यस्तै उक्त दुरी २१ मिनेट ५७ सेकेण्डमा पुरा गर्दै तनहुँकी नम्रता गुरुङ दोस्रो हुँदा पर्वतकी संगीता विक तृतिय भइन् । उनले निर्धारित दुरी २२ मिनेट ४८ सेकेण्डमा पुरा गरिन् । पुरुषतर्फ गोरखाका दिनेश बोगटी प्रथम, गोरखाकै नवराज गुरुङ द्वितिय र पर्वतका आशिष कुँवर तृतिय भएका छन् ।

प्रतियोगितामा निर्धारित दुरी बोगटीले १६ मिनेट २० सेकेण्ड, गुरुङले १६ मिनेट ४४ सेकेण्ड र कुवरले १६ मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए । ८ सय मिटर पुरुष दौडतर्फ पर्वतका अनिल कुवर प्रथम, गोरखाका विकास पोखरेल द्वितिय, नवलपुरका नारायण चौधरी तृतिय भए । कुवरले सो दुरी २ मिनेट ४ सेकेण्डमा पुरा गर्दै प्रथम भएका हुन् । पोखरेलले २ मिनेट ६ सेकेण्ड ३१ मिलिसेकेण्ड र चौधरीले २ मिनेट ६ सेकेण्ड ६६ मिलिसेकेण्डमा पुरा गरेका थिए । सोही विधाको महिलातर्फ २ मिनेट ४४ सेकेण्डमा पुरा गर्दै स्याङ्जाकी चन्द्रकला खराल प्रथम, २ मिनेट ५२ सेकेण्डमा दुरी पुरा गरेकी नवलपुरकी यमुना थापा द्वितिय र २ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै बाग्लुङकी पार्वती नेपाली तृतिय भईन् ।

त्यसैगरि ४ सय मिटर पुरुष दौडतर्फ नवलपुरका नारायण चौधरी, लमजुङका विमित भुजेल र नवलपुरकै प्रकाश महतो क्रमश प्रथम, द्वितिय र तृतिय भए । चौधरीले ५२ सेकेण्ड, भुजेलले ५४ सेकेण्ड ६२ मिलिसेकेण्ड र महतोले ५४ सेकेण्ड ६३ मिलिसेकेण्डमा सो दुरी पुरा गरे ।

महिलातर्फ स्याङ्जाकी चन्द्रकला खराल प्रथम, कास्कीकी सविना खातुन मिया र रितु भण्डारी क्रमशः द्वितिय र तृतिय भए । प्रतियोगितामा खरालले १ मिनेट १०सेकेण्डमा उक्त दुरी पुरा गरिन् । सबिनाले १ मिनेट १२ सेकेण्डमा पुरा गर्दा भण्डारीले १ मिनेट १४ सेकेण्ड लगाइन् । २ सय मिटर दौडमा महिलातर्फ २९ सेकेण्ड ५० मिलिसेकेण्डमा पुरा गर्दै कास्कीकी अनिसा भण्डारी प्रथम भईन् । तनहुँकी निशा घर्तिले ३० सेकेण्डमा पुरा गर्दै दोस्रो भइन् । भने नवलपुरकी अप्सरा विकले ३२ सेकेण्डमा सो दुरी पुरा गरिन् ।

यस्तै पुरुषतर्फ कास्कीका सुदिप जोशी प्रथम भए । उनले २४ सेकेण्ड १९ मि.सि.मा उक्त दुरी पुरा गरे । नवलपुरका समिर महतोले २४ सेकेण्ड ६६ मि.सि. लगाएर पुरा गर्दै द्वितिय भने तृतिय भएका तनहुँका प्रभ बहादुर थापाले २४ मिनेट ३ सेकेण्डमा पुरा गरे । पुरुष हाईजम्पतर्फ कास्कीका सागर नेपाली प्रथम, नवलपुरका रिख बहादुर घर्ति द्वितिय र नवलपुरकै ओमबहादुर मस्राङ्गी तृतिय भए । यस्तै महिलातर्फ लम्जुङकी सिमा श्रेष्ठ प्रथम , तनहुँकी तिर्था ढकाल द्वितिय र कास्कीकी कुसुम रानामगरले तृतिय स्थान प्राप्त गरिन् ।

त्यस्तै ज्याभ्लिन थ्रोमा पुरुषतर्फ लम्जुङका तिर्थमान तामाङ, मनाङका विकासबाबु बराम र लम्जुङका यूनिक तामाङ क्रमशः प्रथम, द्वितिय र तृतिय भए । महिलातर्फ तनहुँकी विनिता कार्की प्रथम, सोनु नेपाली द्वितिय र विनिसा राना तृतिय भइन् । त्रिपलजम्पमा पुरुषतर्फ नवलपुरका नारायण चौधरी, नवलपुरकै समिर महतो र पर्वतका शंकर कुँवर क्रमशः प्रथम, द्वितिय र तृतिय भए ।

महिला डिक्स थ्रो स्पर्धामा कास्कीकी सोनु नेपाली प्रथम, गोरखाकी मञ्जु गुरुङ द्वितिय र नवलपुरकी लक्ष्मी थनेत तृतिय भएको जिल्ला एथ्लेटिक्स कास्कीका उपाध्यक्ष इन्द्र मल्लले जानकारी दिइन् ।

Loading ad...
LiNing Ad
एथलेटिक्समा ९ स्वर्ण जित्दै कास्की पहिलो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा