जुनियर तथा क्याडेट टेबलटेनिस सुरु
शुक्रबार, १७ भाद्र २०७९खेलपाटी संवाददाता
काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगिताको पूर्व राष्ट्रिय खेलाडी कल्याण पाण्डे र आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्यले खेल खेली संयुक्त रुपमा उद्घाटन गरे ।
पुरुषमा ७५ र महिलामा ४० गरी १ सय १५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक एवं आयोजक संघका प्रथम उपाध्यक्ष धम्रमान वज्राचार्यले जनाएका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
जुनियर तथा क्याडेट टेबलटेनिस सुरु







-1753545694.jpg&w=3840&q=75)



%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)

