मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

म्यानेजरमा अनिल : राइट ‘म्यान’, राइट ‘प्लेस’ 

सोमबार, १३ भाद्र २०७९खेलपाटी संवाददाता
म्यानेजरमा अनिल : राइट ‘म्यान’, राइट ‘प्लेस’ 

राष्ट्रिय टिमको व्यवस्थापकको जिम्मेवारीको पत्र लिदै अनिल श्रेष्ठ । फोटो : एन्फा

mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आईतबार राष्ट्रिय फुटबल टिमको म्यानेजरमा अनिल श्रेष्ठलाई नियुक्त गरेको छ । एन्फामा नयाँ नेतृत्व आएपछि निकै महत्वपुर्ण मानिएको राष्ट्रिय टिमको म्यानेजरको जिम्मेवारीमा अनिललाई नियुक्त गरिएको हो । 

अनिल लिग च्याम्पियन क्लब मछिन्द्रका उपाध्यक्ष हुन् । तर उनको परिचय मछिन्द्रको म्यानेजरको रुपमा बढी चर्चामा हुने गर्छ । घरेलु फुटबलमा पछिल्ला केही वर्ष मछिन्द्र क्लबको दबदबा छ । लगातार दुई पटक लिग उपाधि जितेर मछिन्द्रले घरेलु फुटबलमा आफुलाई नयाँ शक्तिको रुपमा प्रस्तुत गरेको छ । मछिन्द्रको पछिल्लो सफलताका सुत्राधार अनिलले राष्ट्रिय टिमको व्यवस्थापनको जिम्मेवारी पाएका हुन् । 

‘एन्फाबाट पटक पटक अनुरोध आयो । अध्यक्षले पनि अनुरोध गर्नुभयो । एक्कासी यो जिम्मेवारी लिन पर्यो ।’ अनिलले खेलपाटीसँग भने । ‘धेरै विचार गरेर एन्फाले जिम्मेवारी दिएको हुनुपर्छ । यो पहिलो अनुभव पनि हो । क्लबको व्यवस्थापन गरे जस्तो राष्ट्रिय टिम हुदैन । फरक हुन्छ होला । राम्रै गर्छु भन्ने लागेको छ ।’ उनले थपे । 

घरेलु फुटबलमा मछिन्द्रको सफलताका केही सुत्र छन्, जुन अनिलले लागु गरेका हुन् । क्लबमा ठुला प्रायोजकसँग सम्झौता, खेलाडीलाई राम्रो तलब, लिग अवधिभर बस्ने, खाने र अभ्यासको राम्रो व्यवस्था अनि खेलाडीलाई लक्ष्य हासिल गर्न गरिने प्रेरणादायी गतिविधि । यही सुत्रले मछिन्द्रले घरेलु फुटबलमा एक पछि अर्को सफलता प्राप्त गरिरहेका छ । खेलाडीलाई खुसी बनाएर राख्ने अनिलको कलाले मछिन्द्रको पछिल्लो उपाधि यात्रामा सहयोग गरेको छ । 

अनिलले प्राप्त गरेको यही सफलता र नतिजामा आधारित रहेर एन्फाले अनिललाई राष्ट्रिय टिमको व्यवस्थापकको जिम्मेवारी दिएको छ । अनिल पनि यसअघि राष्ट्रिय टिमको म्यानेजरका लागि इच्छुक थिए । एन्फाको पछिल्लो निर्वाचनमा अनिलले कर्माछिरिङ शेर्पा प्यानलबाट कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका थिए । तर उनी पराजित बन्न पुगे । फरक प्यानलबाट निर्वाचन लडेका अनिल नेम्वाङ नेतृत्वको राष्ट्रिय टिमको जिम्मेवारीमा किन आए त ? ‘एन्फाको निर्णयले राम्रो सन्देश दिएको छ । चुनाव भनेको अलग कुरा हो । देशका लागि जिम्मेवारी लिने फरक कुरा हो । हरेक विषयलाई राजनीतिको आँखाले हेरेर हुदैन ।’ उनी भन्छन् । 

सार्वजनीक जिवनमा आफुलाई प्रमाणित गरेका व्यक्तिले सार्वजनीक संस्था र निकायमा अवसर विरलै पाउने गर्छन् । फुटबल संघ जस्तो राजनीतिक रुपमा ग्रस्त संस्थामा अब्बल र सक्षम मान्छेले जिम्मेवारी कमै पाउँने गर्छन् । क्लब फुटबलमा आफुलाई प्रमाणित गरेका अनिललाई जिम्मेवारी दिएर एन्फाले सही मान्छेलाई सहित स्थानमा पुर्याउने सन्देश दिएको छ । अर्को कुरा ए डिभिजनका ठुला क्लब वर्तमान कार्यसमिति बाहिर रहदाँ आसन्न लिग गर्न एन्फालाई गाह्रो पर्ने ठानिएको छ । 

अनिलको आगमनले आसन्न लिग सञ्चालन गर्ने सन्दर्भमा एन्फालाई केही सजिलो हुने निश्चित छ । नत्र बी, सी डिभिजन क्लब चलाउन नसक्ने पदाधिकारीलाई राष्ट्रिय फुटबल टिमको म्यानेजरको जिम्मेवारी दिएर जग हसाँउने काम एन्फामा हुदै आएको छ । क्लब फुटबलमा आफुलाई सफल व्यवस्थापकको रुपमा प्रमाणित गरेका अनिलले राष्ट्रिय टिममा के फरक काम गर्लान् त ? ‘क्लबले सपोर्ट गरेरनै घरेलु फुटबलमा मछिन्द्रलाई सफल बनाउन सकेको हो । एन्फाले आवश्यक सहयोग गर्यो भने राष्ट्रि टिम पक्कै केही फरक देखिनेछ ।’ अनिलले भने । 

LiNing Ad
#म्यानेजरमा अनिल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

Bajaj Pulsar Motorcycle Ad
अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ