सितोरियो टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं । पन्ध्रौं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा विभिन्न भूमिकामा सहभागी हुन ९ सदस्यीय नेपाली टोली मंगलबार इन्डोनेसियाको केलापा गाडिङ प्रस्थान गरेको छ ।
आफिसियलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन, नारायणदेव राणा, महेश महर्जन, राजेश जोशी र रवि महर्जन रहेका छन् ।
नोभेम्बर २१ देखि २५ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका दौरान हुने रेफ्री सेमिनार, डान ग्रेडिङ र कोच सेमिनारमा सागर श्रेष्ठ, विनोद महर्जन, सुनन्द महर्जन र गंगाराम महर्जनले सहभागिता जनाउने छन् । टोलीलाई राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले मंगलबारै एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।
त्यसअघि नवनियुक्त उपाध्यक्ष तिम्सिनालाई राखेपका पूर्व कोषाध्यक्ष महर्जन, तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक नवीन उप्रेतीलगायतले बधाइ दिनुका साथै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए ।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



%20(1)-1761905198112.png&w=3840&q=75)




