लमजुङको भोर्लेटारमा सेभेन ए साइट फुटबल हुने
शनिबार, ०४ भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा सेभेन ए साइट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
धुलपुरे युवा क्लबको आयोजनामा हुने प्रतियोगिता भदौ १४ गतेदेखि १८ गतेसम्म संचालन हुनेछ ।
तिजको अवसरमा आयोजना हुन लागेको प्रतियोगिता ईशानेश्वर क्याम्पस मैदान भोर्लेटारमा हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार प्राप्त गर्ने छन् ।
यस्तै उपविजेताले ७५ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि नगद पुरस्कार दिईने बताईएको छ ।

लमजुङको भोर्लेटारमा सेभेन ए साइट फुटबल हुने












