काठमाडौं । फ्रेन्च क्लब लियोनका युवा मिडफिल्डर रायन चेर्कीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
लियोनले अट्याकीङ मिडफिल्डर रायनले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सम्झौता नवीकरणसँगै उनी २०२४ सम्म लियोनमा रहने छन् ।

फ्रान्सका रायनले २०२० मा लियोनको सिनियर टिममा डेब्यु गरेका थिए ।
२०१९ मा लियोन आएका उनी 'बी' टोलीमा थिए ।
१९ वर्षीय उनले लियोनका लागि ५१ खेलमा १ गोल गरिसकेका छन् ।
रायन फ्रान्सको यू-२१ टोलीका सदस्य हुन् ।