वेलब्याकले गरे सम्झौता नवीकरण
शनिबार, भदौ ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फरवार्ड ड्यानी वेलब्याकले ब्राइटनसँगको सम्झौता नवीकरण गरेका छन् ।
वेलब्याकले क्लबमा थप दुई वर्ष रहने गरि नयाँ सम्झौता गरेका हुन् ।
सम्झौता नवीकरणसँगै उनी २०२४ सम्म ब्राइटनमा रहने छन् ।
ब्राइटनले उनलाई २०२० मा फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको थियो ।
म्यान्चेस्टर युनाइटेड तथा आर्सनलका पूर्व फरवार्ड वाट्फोर्ड छाडेर ब्राइटन आएका थिए ।
३० वर्षीय वेलब्याकले ब्राइटनका लागि ५३ खेलमा १२ गोल गरिसकेका छन् ।
गत सिजन उनले ६ गोल गर्दै क्लबमा सर्वाधिक गोलकर्ता बनेका थिए ।
इंग्ल्यान्डका लागि वेलब्याकले २०११ देखि १८ सम्म ४२ खेल खेलेका थिए ।
वेलब्याकले गरे सम्झौता नवीकरण







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

